नाै लाख लूट प्रकरणमा नयाँ तथ्यः पैसा भनेको झोलामा कागज मात्र

फागुन ३०, चितवन । चितवनको खैरहनीमा दिनदहाडै नाै लाख रुपैयाँ लुटिएको भन्ने घटनामा नयाँ तथ्य फेला परेको छ । खैरहनी ८ पर्सा बजार नजिक ९ लाख रुपैयाँ लुटिएको नभई ठगि भएको खुलासा भएको छ । 

पिडित भनिएका गुल्मी जिल्ला सत्यवती गाउपालिका ६ बस्ने बर्ष ३१ को नारायण घर्ति चितवनमा जग्गा खरिदको लागि नभई अमेरिकी डलर साट्न आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घर्तिले नाै लाख नेपाली रुपैयासँग २७ हजार अमेरिकी डलर साट्ने योजना अनुसार बैंकबाट रकम निकाली पर्साबजार पुगेका थिए । अनिल राई नाम गरेको व्यक्तिले घर्तिको साथबाट नाै लाख रुपैया लिएर २७ हजार डलर रहेको भन्दै एउटा झोला उनलाई दिएको तर, उक्त झोलाभित्र अमेरिकी डलरको सट्टा कागजमात्रै भेटियो । 

अनिल नाम गरेको व्यक्ति ९ लाख नगद भएको झोला लिनासाथ त्यहाँबाट भागेको पिडित घर्तिलाई उदृत गर्दै प्रहरीले जनाएको छ । डलर रहेको भनिएको झोलामा कागज मात्रै देखेपछि घर्तिले प्रहरीलाई खबर गरेका थिए । जग्गा खरिदको लागि ल्याएको रकम लुटिएको भन्दै उनले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनाको अनुसन्धान र लुटेराको खोजीमा जुटेको थियो । 

null

घर्तिको भनाईमा प्रहरी विश्वस्त नभएपछि प्रहरीले उनलाई र उनीसँगै आएका पदम घर्तिलाई केरकार सुरु गर्यो । अनुसन्धान गर्दै जादाँ उनीहरु दुवैजना नेपाली रकमसँग डलर साट्न खैरहनी आएको खुलेको प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको र ठगी गर्नेहरुको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक ऋषिराम घर्ति मगरले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *