लकडाउनको छैटौं दिन विराटनगर सुनसान, सुध्रिए नागरिक

चैत्र १६, विराटनगर । लकडाउनको आज छैटौं दिन विराटनगरका प्रत्येक चोक सुनसान छन् । 

कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई नियन्त्रण गर्नका निमित्त सरकारले मंगलबार देखि लकडाउनको घोषणा गरेसँगै आज (आइतबार) लकडाउन विराटनगर सुनासान देखिएको हो ।  

सधैँ अस्तव्यस्त रहने महेन्द्र चोक यतिबेला शुन्य देखिन्छ भने दैनिक सवारी साधनको आवतजावतले नथाक्ने सडक थकाइ मारिरहेको आभास हुन्छ । 

दैनिक यात्रुहरुको भीडले छोप्ने गरेको बसपार्क पनि शून्य देखिएको छ । हजारौंको संख्यामा पूर्वका विभिन्न क्षेत्रबाट सामान खरिद गर्नका लागि पुग्ने मानिसको भीडले पाईला राख्नै हम्मे पर्ने भारतको जोगबनी नाका, रानी भन्सार पनि रित्तिएको छ । 

बसपार्कदेखि, महेन्द्र चौक हुँदै, बरगाछी चौक पुष्पलाल चोक लगायतका प्रत्येक चौक पनि सुनसान छ । अतिआवश्यक सवारी साधनबाहेक अन्य सार्वजनिक यातायात ठप्प रहेको छ भने अति आवश्यक औषधी पसल बाहेक अन्य पसल बन्द रहेको छ ।  

तुलनात्मक हिसाबले हेर्ने हो भने सँधै भन्दा आज (आईतबार) लकडाउनको छैटौं दिन नागरिकको चेतनामा पनि सुधार आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले बताए । उनका अनुसार नागरिकहरुमा लकडाउनको पालनामा विशेष सुधार आएको छ । सचेतना बढेको उनको भनाइ छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *