कोरोना आशंकामा चितवनमा ७ जना अस्पताल भर्ना
२०७६ चैत १७ गते

चैत १७, चितवन। कोरोना विशेष अस्पतालको ओपिडीमा आज २८ जनाले सेवा लिएका छन्। उनीहरू मध्ये ७ जनालाई आइसोलेसन भर्ना गरिएको जानकारी अस्पतालले दिएको छ।
यो सँगै आइसोलेसन वार्डमा भर्ना हुनेको सङ्ख्या १३ पुगेको छ। आज ११ जनाको स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ। स्वाब सङ्कलन गरिएका मध्ये एक पुरानो मेडिकल कलेजको पीआइसियुबाट ल्याइएका बालक भएको कोरोना विशेष अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले बताए।
यसअघि हिजो पनि अस्पतालले तीन जनाको स्वाब परीक्षणका लागि प्रयोगशाला पठाएको थियो।

२०७६ चैत १७ गते
प्रतिक्रिया
सम्बन्धित








