नेपालमा ओपो एफ १५ सार्वजनिक

चैत्र ४, काठमाडौँ । ओपोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट ओपो एफ १५ सार्वजनिक गरेको छ ।   

नेपालमा पहिलो पटक आयोजित ओपोको अनलाइन लञ्च ईभेन्ट मार्फत कम्पनीले फोन सार्वजनिक गरेको हो । 

४८ एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइन सहितको ओपो एफ १५ ले ह्याण्डसेट मार्फत नै प्रयोगकर्तालाई व्यावसायिक फोटोग्राफी झैँ अनुभव प्रदान गर्छ । 

एफ सिरिजको डिजाइन नै युवा पुस्तालाई सुदृढ दृश्यानुभूति, गुणस्तर, टे«ण्डिनेस र जीवनमा सहजताको अनुभव प्रदान गर्न गरिएको हो । यसले गर्दा सुरुवाती दिनदेखि नै एफ सिरिजले निकै माया पाउन सफल रहेको छ ।   

ओपो एफ १५ को आगमनले बजारको आवश्यकता दृष्टिगत गर्दै ट्रेण्डि डिजाइनमै अत्याधुनिक प्राविधिक विकास पस्कने एफ सिरिजको परम्परालाई निरन्तरता दिँदै नयाँ युगको सुरुवात भएको छ । 

“ओपो एफ १५ ले विभिन्न नवप्रवर्तन र ट्रेण्डि प्रविधिहरूको समायोजन मार्फत आफ्नो ह्याण्डसेटकै माध्यमबाट धेरैभन्दा धेरै काम गर्न सकियोस् भन्ने चाहना राख्ने युवा पुस्तालाई अपिल गर्ने लक्ष्य राखेको छ ।   

युवा पुस्ता माझ हाम्रो एफ सिरिज सर्वाधिक लोकप्रिय सिरिजका रूपमा प्रमाणित भइसकेको छ । सिरिज अन्तर्गत नयाँ उत्पादन भ्यिाउने निर्णय गरिएको हो । एफ सिरिज अन्तर्गतको यो नयाँ उत्पादनले प्रयोगकर्ताको अनुभवमा थप सुधार ल्याउँदै अझ व्यावसायिक (नजिक) देखिने तस्बिर खिच्न सघाउँछ ।”, सार्वजनिक कार्यक्रममा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।   

हत्केलामै व्यावसायिक फोटोग्राफी परफरमेन्स 

सुरुवात देखि नै ओपो, मोबाइल फोटोग्राफी अनुभवमा परिस्कृतीकरणका लागि प्रयासरत छ । स्लिक प्याकेजमा उपलब्ध ओपो एफ १५ मा कम्पनीले ४८ एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम उपलब्ध गरेको छ । फोनको मूल्य श्रेणीमा उपलब्ध उत्पादनहरू मध्य नै यसको क्यामेरा उच्च क्षमताको हुनुका साथै अल्ट्रा प्रोफेसनल शट्स दिने क्षमता राख्छ । यसमा रहेको फोर(ईन(वान पिक्सेल कम्बिनेसन प्रविधिको प्रयोगले यसको ४८ एमपी रियर क्यामेरा सेन्सरको डिजाइन मार्फत विस्तृत तथा गुणस्तरीय तस्बिर लिन सघाएको छ । 

यसमा रहेको वाइड एंगल मोड मार्फत प्रयोगकर्ताले करिब ३ सेन्टिमिटर सम्म माक्रोको प्रयोग गर्दै सहजै अटो फोकस गर्न सक्छन् । यसर्थमा अब खानाका तस्बिर अझ लोभलाग्दा, अक्षर तथा कागजातहरू अझ स्पष्ट र खिच्न सहज हुनुका साथै, फूल तथा किराहरूका तस्बिर अझ सहजरुपमा थप आकर्षक तरिकाले सहजै लिन सकिनेछ । 

फोनका फ्रन्ट तथा पछिल्ला दुवै पट्टिका क्यामेरामा उपलब्ध एआई भिडियो ब्यूटिफिकेशन फिचरमा उपलब्ध गरिएको नयाँ अल्गोरिथमले हरेक अनुहारका लागि सुहाउँदो प्राकृतिक ब्यूटिफिकेसन एड्जस्टमेन्टका लागि कस्टमाइज्ड एनालाइसिसपनि उपलब्ध गराउँछ । 

आन्तरिक गायरोस्कोपका साथै ईलेक्ट्रोनिक इमेज स्टेबलाइजेसन (ईआईएस) सुसज्जित ओपो एफ १५ मा ओपोको अग्रणी एण्टि(शेक भिडियो पनि उपलब्ध गरिएको छ ।   

शेकी (हल्लिरहेको) अवस्थामा समेत ओपो एफ १५ ले स्पष्ट, शार्प र सटिक (कम्पन रहित) भिडियो खिच्न सघाउँछ । तसर्थ, तस्बिर वा भिडियो मार्फत आफ्ना कथाहरू प्रस्तुत गर्न चाहनेहरूका लागि ओपो एफ १५ सटिक माध्यम हुन सक्छ । 

फोनमा कम्पनीले कम प्रकाश भएका स्थानमा समेत आकर्षक पोट्रेट फोटोग्राफीको मज्जा दिने सोचका साथ नाइट प्रोटे«ट मोड पनि उपलब्ध गराएको छ ।   

म्पनीले उपलब्ध गराएका पछिल्ला संस्करणका तुलनामा ओपो एफ १५ रहेको नाइट पाट्रेट मोडले अँध्यारा सडक, रेस्टूराँ, पार्क लगायत विशेष स्थानमा अझ सटिक पोटे«ट खिच्न सघाउँछ ।   

त्यसै गरी, यसमा रहेको पोट्रेट एचडीआरले प्रत्यक्ष सूर्यको प्रकाश रहेका स्थानमा पहिलेका तुलनामा अझ सटिक र गुणस्तरीय पोटे«ट लिन सघाउँछ । फरक फरक एक्स्पोजर सहितका तस्बिर लिएर यसलाई ईन्टेलिजेन्ट प्रविधि मार्फत एउटैमा मिलाएर एउटा विशिष्ट फोटो प्रस्तुत गर्छ ।   

त्यसै गरी यसमा आवश्यकता अनुसार मिलान गर्न सकिने एड्जस्टेबल पोट्रेट बोकेह ईफेक्टपनि उपलब्ध छ । यसको सहायता मार्फत प्रयोगकर्ताले आफ्नो चाहना अनुसार ब्याकग्राउण्ड बोकेह ईफेक्ट समायोजन गर्न सक्छन् ।   

अत्याकर्षक स्लिक डिजाइन र उत्कृष्ट परफरमेन्स 

एक हातमा राखेर मज्जाले चलाउन सकियोस् भन्ने तिर विशेष ध्यान दिएर बनाइएको ओपो एफ १५ को हल्कापन हातमा बोक्ने बित्तिकै अनुभव हुन्छ । जम्मा ७.९ एमएमको पातलो आकार र १ सय ७२ ग्राम वजन भएको यसमा दिइएको डिजाइनका कारण यसको स्क्रिन रेसियो २०ः९ रहेको छ । यो पछिल्लो एफ ११ का तुलनामा ५ प्रतिशत थप पातलो र ९ प्रतिशत हल्का हो । 

यसमा प्रयोग गरिएको स्लिम डिजाइनका कारण ओपो एफ१५ सहजै खल्तीमा बोक्न सकिन्छ । यसमा रहेका चार क्यामेरामा मिनिमलिस्टिक डिजाइन अपनाइनुका साथै फ्ल्याशलाइटको स्थान छनोट क्यामेराको प्रकाशका आधारमा गरिएको छ ।   

क्यामेराको सतहलाई माथि उठाएर थप यसको लेन्सलाई थप सुरक्षा प्रदान गर्ने सोचका साथ यसमा डेकोरेटिभ रिङको व्यवस्था पनि गरिएको छ । समग्रमा भन्नु पर्दा ओपो एफ१५ स्टाइलिश, अल्ट्रा पोर्टेबल र सटिक ओटीजी फोन हो । 

ओपो एफ १५ मा रहेको फिंगरप्रिन्ट अनलक ३.०ले उपकरणलाई मात्र ०.३२ सेकेण्डको अवधिमा अनलक गर्छ । यो पछिल्लो पुस्ताका प्रविधिका तुलनामा ४५प्रतिशतले तीव्र हो । यसका लागि नयाँ प्रविधिको हार्डवेयर र सफ्टवेयर दुवै पक्षमा विशेष सुधार गरिएको छ । यसका कारण तीव्र गतिमा अनलकिङ हुनुका साथै, हार्डवेयरमा आधारित एन्टी फोर्जिङ प्रविधि मार्फत थप सुरक्षा प्राप्त हुन्छ । 

८ जीबी ¥याम र १२८ जीबी रोम सुसज्जित ओपो एफ १५ ले स्मूथ अनुभवका साथै पर्याप्त स्टोरेज उपलब्ध गराउँछ । भोक फ्ल्याश चार्ज ३.० सहितको ओपो एफ १५ ले मात्र ५ मिनेटको समयमा १० प्रतिशत र ३० मिनेटमा ५० प्रतिशत चार्ज दिने क्षमता राख्छ । पछिल्लो भोक २.०का तुलनामा यो २६ प्रतिशतले तीव्र छ ।   

शक्तिशाली सफ्टवेयर र हार्डवेयर 

९०.७ प्रतिशत स्क्रिन टु बडी रेसियो तथा एफएचडी+ एमोलेड २४००×१०८० रेजोल्यूशन सहितको ओपो एफ १५ ले अल्ट्रा क्र्रिस्प गेमिङ तथा मनोरञ्जन अनुभव प्रदान गर्छ । फ्रेम बुस्ट र टच बुस्ट सहितको ओपो एफ १५ ले स्मूथ गेमिङ अनुभव प्रदान गर्छ । यी फिचर्सले गेम ल्याग हुनुबाट जोगाउनुका साथै टच रेस्पोन्सा सुधार ल्याएर गेमिङमा राम्रो नियन्त्रण बनाउनमा समेत सघाउँछ । यसमा रहेको गेमिङ भ्वाइस चेन्जरको सहायता खेलमा थप रमाइलो थप्ने निश्चित छ । यसमा रहेको ईन(गेम न्वाइज क्यान्सलिङ ईफेक्ट मार्फत गेमिङ साउण्डमा थप सुधार दिँदै आवाज सुन्न र पहिचान गर्नमा सघाउँदै खेलमा उत्कृष्टता ल्याउन सघाउँछ । 

 बजार उपलब्धता र मूल्य 

मूल्य रु. ३९ हजार ९ सय ९० निर्धारण गरिएको ओपो एफ१५ चैत्र १० गतेदेखि नेपाली बजारमा उपलब्ध हुनेछ । नयाँ फोन यूनिकर्ण ह्वाइट र लाईटनिङ ब्ल्याक गरी दुई आकर्षक रङ्ग उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ ।   

रेनोथ्री र एन्को फ्री पनि सार्वजनिक 

ओपो एफ १५ सार्वजनिकका लागि ओपोद्वारा आयोजित अनलाइन लञ्च कार्यक्रम मार्फत नै कम्पनीले रेनो सिरिज अन्तर्गत नयाँ स्मार्टफोन, ओपो रेनोथ्री र ओपो एन्को फ्रि पनि सार्वजनिक गरेको छ । ओपो रेनोथ्रीको मूल्य रु. ४६,९९० र ओपो एन्फो फ्रीको मूल्य रु ९,९९० निर्धारण गरिएको छ । दुबै उत्पादन चैत्र ४ गते देखि नै बजारमा उपलब्ध हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fourteen =