धरानमा हिँड्दै गरेका चिनियाँ युवा प्रहरीको नियन्त्रणमा, वीपीको आइसोलेसनमा लगियो

चैत्र १०, धरान । आज (सोमबार) बिहान धरान १२ चतरालाईनमा हिँडदै गरेका एक चिनियाँ युवालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । उनलाई स्वास्थ्य परिक्षणका लागि पक्राउ गरिएको हो ।
उनलाई तत्कालै ईलाका प्रहरी कार्यालय धरान र धरान उपमहानगरपालिकाका मेयर तिलक राईसहितको एम्बुलेन्सको टोलीले नियन्त्रणमा लिएर वीपी प्रतिष्ठानको आइसोलेसनमा पुर्याएका छन ।
फेसबुकमा एक नेपाली जो मोरङ भाउन्नेका हुन उनीसँगै साथी बनेका ती चिनियाँ नागरिक आइतबार दिउँसो अचानक मोरङको भाउन्ने आइपुगेका थिए । उनी त्यहाँ पुगेपछि स्थानीयबासी त्रसित समेत बनेका थिए ।

त्यसपछि मोरङका जनप्रतिनिधि समेत मिलेर आइतबार साँझ नै ति चिनियाँ युवालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा ल्याइएको थियो । ती युवाले आफुसँग स्वस्थ रहेको मेडिकल रिपोर्ट भएको दाबी गरेका थिए ।
एता प्रतिष्ठानका चिकित्सकहरुले उनी करिब दुई साताअघि मात्र नेपाल आएको र नेपाल आउँदा उसको साथमा स्वस्थताको मेडिकल रिपोर्ट भएकाले डराउनु नपर्ने बताएका छन् ।
प्रतिष्ठानले उनको थ्रोड स्वाब लिएर आवश्यक जाँचको लागि काठमाडौं पठाइने तयारी गरेको छ । त्यसको रिपोर्ट नआएसम्म ती चिनियाँलाई प्रतिष्ठान मै राखिने अस्पताल सहायक निर्देशक डा.विकास साहले जानकारी दिए ।








