अलिबाबाका ज्याक माले पठाए अमेरिकालाई मास्क र कोरोनाभाइरस टेस्ट किट

फाेटाेः गुगल 

चैत्र ४, काठमाडाैँ ।  अलिबाबाका सह–संस्थापक ज्याक माले कोरोनाभाइरससँग लड्नका लागि अमेरिकालाई सर्जिकल मास्क र परीक्षण उपकरण सहयोग गरेका छन् ।चिनियाँ अर्बपतिले यो महिना अमेरिकालाई ५ लाख परीक्षण उपकरण र १० लाख सर्जिकल मास्क सहयोग गर्ने घोषणा गरेका थिए । 

उनले संघाइस्थित विमानस्थलमा मास्क र कोरोनाभाइरसको परीक्षण उपकरण विमानमा लोड गर्दै गरेको तस्विर ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । 

Image result for ज्याक माले

एसियाका सबैभन्दा धनी व्यक्ति रहेका माले युरोपका लागि पनि मेडिकल उपकरणहरु पठाएका छन् । उनले महामारीसँग लड्नका लागि अन्तर्राष्ट्रिय सहकार्यको आह्वानसमेत गरेका छन् । 

ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले यसअघि जापान, दक्षिण कोरिया, इटाली, इरान र स्पेनमा आवश्यक मेडिकल सामाग्रीहरु सहयोग गरिसकेको पनि जनाएको छ । 

इटालीका लागि पठाइएको ५ लाख मास्क र अन्य मेडिकल सामाग्री शुक्रबार बेल्जियम आइपुगेको थियो । 

यसअघि, माइक्रोसफ्टका सह–संस्थापक तथा विश्वकै दोस्रा धनी बिल गेट्सले भाइरसको संक्रमण रोक्नका लागि बिल र मेलिन्डा गेट्स फाउन्डेसनले १० करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका थिए । शुक्रबार गेट्सले माइक्रोसफ्टको बोर्डबाट हट्ने पनि बताएका थिए । 

चिनियाँ प्रविधि कम्पनी टेन्सेन्ट, टिकटकलगायतले पनि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *