प्रधानमन्त्रीले भने, ‘म छिट्टै काममा फर्किन्छु’
मकालु खबर
२०७६ फागुन २३ गते
फागुन २३, काठमाडौं । गएको बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमनत्री केपी शर्मा ओली अहिले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभ लिरहेका छन् । उनलाई चिकित्सकहरु बाहेक अरु कसैले भेट्न पाएका छैनन् ।
प्रधानमन्त्रीलाई परिवारका सदस्य, मन्त्रीहरु कसैले पनि भेटगर्न पाएका छैनन् तर शुक्रबार भने प्रधानमन्त्री ओलीले आफ्ना राजनीतिक सल्लाहकार विष्णु रिमालसँग टेलिफोनमा कुराकानी गरेका छन् । प्रधानमन्त्री ओलीले फोनमा कुराकानी गरेको सल्लाहकार रिमालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
फोन बार्तामा प्रधानमन्त्री ओलीले ‘साथीहरुलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । छिट्टै काममा फर्किन्छु’ भन्ने सन्देश दिएको रिमालले जानकारी दिए ।
मकालु खबर
२०७६ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित