चीनबाट नेपाल आइपुग्यो औषधि र स्वास्थ्य सामाग्री

चैत १६, काठमाडौं । कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट नेपाल आइपुगेको छ । 

भाइरस संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चाहिने विभिन्न सामग्री चीनबाट नेपाल ल्याइएको हो । सरकारले किनेको, ज्याक मा फाउन्डेसन, र चीनको सिचुवान प्रान्तीय सरकारले दिएको विभिन्न सामग्री बिहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । 

चीनबाट ल्याइएका स्वास्थ्य सामग्रीमा गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु छन् । 

पहिलो चरणका सामग्री ल्याउन नेपाल एयरलाइन्सको ४१७१ नम्बरको जहाज शनिबार साढे बाह्र बजे चीन उडेको थियो । विमानबाट १२.६६ टन चिकित्सा सामग्री नेपाल ल्याइएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *