नेपालमा तेस्रो व्यक्तिमा पनि देखियो कोरोना भाइरस

चैत्र १२, काठमाडौं । नेपालमा कोरोना संक्रमित अर्को ब्यक्ति भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरेका छन् । 

यस अघि फ्रान्सबाट नेपाल आएकी एक युवतीमा कोरोना पोजेटिभ देखिएको थियो । भने, त्यस भन्दा अगाडी चीनबाट नेपाल आएका एक विद्यार्थीमा कोरोना पोजेटिभ देखिएको थियो । उनी चाहिँ उपचारपछि निको भइसकेका छन् ।   

यसैविच अहिलेसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करिब सात सय जनाको कोरोना भाइरसको टेस्ट गरेको छ । अहिले दैनिक ५०–६० जनाको नमूना आउने गरेको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *