सहीद गोविन्द गौतमकी आमाको मृत्यु
२०७६ चैत ९ गते

चैत ९, कञ्चनपुर । सहीद गोविन्द गौतमकी आमाको मृत्यु भएको छ । देशको सीमा रक्षाका क्रममा भारतीय एसएसबीको गोली लागेर सहीद भएका गौतमकी आमा हरीदेवीको मृत्यु भएको हो ।
पुनर्वास नगरपालिका वडा नम्बर ४ की हरीदेवीको स्वास्थ्यमा समस्या देखिएपछि केही दिन अघिदेखि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । विहिबार अस्पतालबाट डिस्चार्ज भएर घर ल्याईएकोमा गएराती मृत्यु भएको हो ।
२०७६ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित








