कोरोना आशंकामा आइसोलेसनमा राखिएका बिरामीको मृत्यु, रिपोर्ट आउन बाँकी

२०७६ चैत ११ गते

चैत्र ११, चितवन । कोरोना संक्रमणको आशंकामा भरतपुरस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएका एक बिरामीको मृत्यु भएको छ ।
आइसोलेसनमा रहेका वीरगञ्जका ३० वर्षीय एक युवकको आज (मंगलबार) बिहान ७ बजे मृत्यु भएको हो । उनको कोरोना संक्रमणका कारण मृत्यु भएको आशंका गरिएको छ ।
यद्यपी अस्पतालले भने उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको भन्न नसकिने बताएको छ । अस्पतालका अनुसार ती युवक मिर्गौलाका रोगी थिए । उनको रिपोर्ट आउन बाकीँ छ ।
उनको उपचारमा संलग्न चिकित्सकका अनुसार, ‘डराउनु पर्ने छैन्, भेरिफिकेसनका लागी कुरिएको छ, प्यासेन्ट पार्टीलाई काउन्सिलिगं गरिसकिएको छ ।’

२०७६ चैत ११ गते
प्रतिक्रिया