उमेरले ५० कट्दा पनि सुन्दर देखिन्छिन् यी अभिनेत्रीहरु

फागुन २०, काठमाडाैँ । कलाकारिता क्षेत्रमा लागेका अभिनेत्रीहरुको लागि सबैभन्दा ठूला चुनौतिको रुपमा रहेको हुन्छ उनीहरुको करियर । त्यति मात्र होइन कसरी आफ्नो सुन्दरता कायम गरिराख्ने भन्ने विषयमा पनि उनीहरुको लागि चिन्ताको विषय हुन्छ ।   

तर, उमेरसँगै सुन्दरतामा ह्रास आउनु प्राकृतिक कुरा नै हो । यद्यपि, केही यस्ता बलिउड नायिकाहरु छन् जो ५० वर्षको उमेरपछि पनि उत्तिकै सुन्दर छन् ।  उमेर ढल्किएपनि सुन्दरतामा कुनै कमि नआएकी अभिनेत्री हुन्, रेखा । उनी ६५ वर्षकी भइसकेकी छिन् । तर उनको सुन्दरतामा भने अलिकति पनि कमि आएको छैन । उनी अझै पनि सुन्दरताका कारण चर्चामा आइरहन्छिन् ।   

९० को दशकमा सबैको दिलकी धड्कन हुन्, माधुरी दीक्षित । उनको उमेरले ५० वर्ष काटिसकेको छ । तर उनी निकै फिट र सुन्दर देखिन्छिन् ।  सबैको सपनाकी राजकुमारी हुन्, हेमा मालिनी । उनलाई मन नपराउने कमै होलान् । उमेर बढेपनि उनको सुन्दरता भने अझै उस्तै छ । 

अभिनयले सबैको मन जितेकी अभिनेत्री नीना गुप्ता ६० वर्ष पुगिसकेकी छिन् । तर उनलाई देख्ने कमैले अन्दाज लगाउन सक्छन् कि उनी ५० भन्दा माथि उमेरकी हुन् ।  स्टारडम कायम राख्नेहरुको अर्को नम्बरमा पर्छिन्, अमृता सिंह । उनी पनि ६० वर्ष भन्दा बढी भइसकेकी छिन् । तर आज पनि उनको सुन्दरता भने उस्तै छ ।   

‘द कपिल शर्मा’ शोकी अर्चना पुरन सिंह ५० वर्ष पूरा भइसकेकी छिन् । उनी पनि अझै जवान र सुन्दर देखिन्छिन् । एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *