नगरपालिकाका एम्बुलेन्स संचालन भएनन्

फागुन १९ सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले खरिद गरेका दुई वटा एम्बुलेन्स संचालनमा ढिलाई भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा २० लाखको लागतमा महेन्द्रा कम्पनीको दुईवटा एम्बुलेन्स खरिद गरेको हो । खरिद गरेका एम्बुलेन्स गत माघ १४ गते कार्यालयमा आईपुगेको भएपनि हाल सम्म ईलाका प्रहरी कार्यालय सुखड परिसरमा थन्काईएको छ । 

गुड्नलाई तयारी अवस्थामा राखिएका एम्बुलेन्सहरु जिल्लामा रहेको एम्बुलेन्स सेवा संचालन समितीबाट स्वीकृती नपाउदा संचालन हुन नसकेको स्वास्थ्य शाखा संयोजक कैलाश कुमार रावतले बताए । एम्बुलेन्स संचालनका लागि नगरपालिकाले आवश्यक प्रक्रिया पुरा गरेको भएपनि जिल्लाबाट संचालन अनुमती पत्र नआएको उनको भनाई छ । 

एम्बुलेन्स संचालन समितीले माग गरे अनुसार नगरले सोमबार प्रतिबद्धता पत्र समेत पठाई सकेकाले चाडै संचालन हुने विश्वास गरिएको छ । यता एम्बुलेन्स सेवा संचालक समिति अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने यस बारेमा आफुलाई कुनै जानकारी नभएको बताएका छन । एम्बुलेन्स संचालनका लागि नगरपालिकाको आवश्यक कागजात आफुलाई प्राप्त भए पश्चात बैठकबाट निर्णय भई संचालन हुने उनको भनाई छ । 

null

खरिद गरिएका दुईवटा नयाँ एम्बुलेन्स दरख स्वाथ्य चौकी र रामशिखरझा स्वास्थ्य चौकीलाई हस्तान्त्रण गर्ने चर्चा चुलिए पनि अन्ततः नगर सरकारले आफै संचालन गर्ने भएको छ । यस्तै पहलमानपुर स्वाथ्य चौकीलाई बितरण गरिएको एम्बुलेन्स समेत नगर सरकारले आफ्नो मातहतमा ल्याउने तयारी थालेको । वितरण गरिएका एम्बुलेन्सको रकममा पारदर्शिता नहुने तथा मर्मत सम्भार र संचालनमा समस्या हुने भएकाले स्वास्थ्य संस्थालाई हस्तान्त्रण नगरिएको श्रोतको भनाई छ ।   

एम्बुलेन्स संचालनका लागि कार्यबिधि समेत निर्माण भईसकेको र नगर सभाले अनुमोदन गर्न बाकी रहेको बताईएको छ । आवश्यक सबै प्रक्रिया पुरा भईसकेकाले चाडै एम्बुलेन्स संचालन हुने नगरपालिकाले दाबी गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 2 =