एलिजा गौतम अभिनित चलचित्र ‘अनुराग’ सार्वजनिक (भिडियोसहित)


चैत्र १६, काठमाडौं । चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम अभिनित नेपाली कथानक चलचित्र ‘अनुराग’ ओ.एस.आर. डिजिटलमार्फत आजबाट युट्युबमा सार्वजनिक गरिएको छ ।
सांगितिक प्रेमकथामा आधारित उक्त चलचित्र ऋषिराज धमलाको प्रस्तुतिमा तयार भएको हो । उक्त चलचित्र सत्यराज चौलागाँईले निर्देशन गरेका हुन् ।
यस चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौलालगायत चर्चित कलाकारहरुको मुख्य भूमिका छ ।
चलचित्रको निर्मातामा भरत गौतम र गीता भेटवाल हुन् । चलचित्रमा लाइन(प्रोड्युसर दिपक गौतम रहेका छन् भने निर्माण नियन्त्रक नबिन पुरी हुन् ।
रामकुमार केसीको छायांकन, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद रहेको चलचित्रमा सरोज पोखरेल र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।
https://youtu.be/4lQ7E8ZiFKw
