‘प्रहरीको साथी म’ अभियान सुरु

चैत्र १०, विराटनगर । समुदाय प्रहरी साझोदारी अवधारणा अन्तर्गत प्रहरीको साथी म नारासहितको कार्यक्रम सुरु भएको छ । 

विराटनगको जोगवनी बोर्डरमा आइतबार आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले विराटनगरका युवा अभियान्ता पेरिस सुवेदीलाई प्रहरीको साथी म लेखिएको व्याज लगाई सो अभियानको उद्घाटन गरिएको हो । 

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले नोवेल कोरोना भाईर (कोभिड १९) ले विश्वव्यापी महामारीको रुपमा विश्वलाई नै आक्रान्त पारेकाले उक्त संक्रमणकालमा प्रहरी र जनतालाई सो संक्रमणबाट बचाउन उक्त अभियानको शुरुवात गरिएको बताए । यस कठिन परिस्थितिमा राज्यका सम्पूर्ण निकाय साथसाथै नागरिक समुदाय समेत कोरोना भाईरस विरुद्ध लड्न एकजुट हुनुपर्नेमा  उपरिक्षक अधिकारीले जोड दिए । उनले भने कोरोना भाईरस विरुद्ध लड्न कै निमित्त जिल्ल प्रहरी कार्यालय मोरङले युवासँगको सहकार्य गरेको हो । 

त्यस्तै कोरोना भाईरस संक्रमणको चौतर्फि हल्लासँगै युवा अभियान्ता पेरिस सुवेदीले मास्क, स्यानिटाईजर निशुल्क वितरण गर्ने कार्यमा आफु निरन्तर रुपमा लागिरहेको बताए । सामाजिक काममा जिल्ला प्रहरी कार्यालय मोरङले आफुलाई समेत समेटकोमा उनले मोरङ प्रहरी प्रति आभार व्यक्त गरेका छन् भने उनले उक्त अभियानलाई सार्थक दिन आगामि दिनहरुमा संयुक्तरुपमा कार्यक्रम गर्ने प्रविद्धता जनाएका छन् । कार्यक्रमको अवसरमा सीमा क्षेत्रम आवजजाव गर्ने अनुमानित ३ सय भन्दा बढिलाई निशुल्क स्यानिटाईजर र मास्क वितरण गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *