मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

चैत १६, सुनसरी । सदरमुकाम इनरुवा-६ मा शनिबार मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय घुवीर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे६प १८३० नंको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कटुवालको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।   

दुर्घटनामा मोटरसाइकल चालक सप्तरी राजविराज नगरपालिका-६ का ४० वर्षीय विष्णुदेव यादव घाइते भएका छन् । गम्भीर घाइते भएका यादवको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =