चैतमा गलकोटमा राष्ट्रिय बगाले थापा सम्मेलन हुँदै

माघ २०, बागलुङ ।  गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष तथा सातसय बगाले थापा समाजका संरक्षक सुवेदार टिका बहादुर थापाले आगामी चैतमा गलकोटमा हुन लागेको राष्ट्रिय बगाले थापा सम्मेलनले राष्ट्रियता, बन्धु एकता र सामाजिक  

सात सय बगाले थापा समाज मल्मको १६ औं साधारण सभा तथा २७ औं वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएकाे हाे । त्यसको लागि सबै बन्धुहरुले बगाले थापाहरुको ईतिहासको अनुसरण गर्दै सबैले राष्ट्रियता, स्वाधिनता र समृद्व समाज निर्माणमा एकजुट हुनु पर्ने बताए । कार्यक्रममा धौलागिरी बगाले थापा समाजका उपाध्यक्ष राज थापा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद तथा समाजका पुर्व सहसचिव थम्मन थापा सन्देश, समाजका सल्लाहकार संयोजक दल बहादुर थापा, पुर्व उपाध्यक्ष टोप बहादुर थापा, ज्ञान बहादुर थापा, पुर्व सचिव राम बहादुर थापा, सल्लाहकार टिका बहादुर थापा, ताराखोला प्रतिनिधि नर बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए । 

 साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सातसय बगाले थापा समाजले आगामी चैत १३ र १४ गते राष्ट्रिय बगाले थापा सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा देशभरका बगाले थापाहरु सहभागी हुने बताईएको छ । सम्मेलन अवधिभर राष्ट्रिय विभुतिहरुको विषयमा बौद्विक सम्मेलन, सांसद, जनप्रतिनिधी लगायत विभिन्न विधामा अभिनन्दन लगायतका कार्यक्रमहरु सञ्चालन गरिने समाजले जनाएको छ ।  

IMG_2243.jpeg

कार्यक्रम सात सय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्मका उपाध्यक्ष घनश्याम थापाको अध्यक्षता, सहसचिव शेर बहादुर थापाको स्वागत र सचिव टोप बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =