नेकपा नेताहरुको दौडधुप : बालुवाटारमा ओली र नेपालबीच भेटबार्ता
२०७६ फागुन १६ गते

फागुन १६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवबुमार नेपालबीच भेटबार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने विषयमा छलफल भएको श्रोतले बतायो । उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने विषयले अहिले नेकपा भित्र कलह मच्चिएको छ । सोही विषयमा छलफल गर्न नेता नेपाल बालुवाटार पुगेका हुन् ।
यसअघि शुक्रबार बिहान नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल र बामदेव गौतमबीच छलफल भएको थियो ।

२०७६ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित








