कोरोना भाइरस संक्रमण : मृत्यु हुनेको संख्या १६ सय नाघ्यो, ६९ हजार संक्रमित

फागुन ४, एजेन्सी । चीनको  वुहान शहरबाट फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ सय नाघेको छ । शनिबारसम्ममा उक्त  भाइरसबाट एक हजार ६ सय ६९ को मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। 

कोरोनाबाट संक्रमित हुनेको संख्या ६९ हजार पुगेको छ। अहिलेसम्म चीनमा मात्रै सो भाइरसबाट एक हजार ६ सय ६५ जनाको मृत्यु भइसकेको छ ।   

त्यसैगरी फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा कोरोनाबाट एक एक जनाको मृत्यु भएको छ ।   

कोरोना संक्रमणबाट शनिबार फ्रान्समा पहिलोपटक एक जनाको मृत्यु भएको छ। फ्रान्स घुम्न गएका चिनियाँ पर्यटक महिलाको मृत्यु भएको बीबीसीले जनाएको छ। 

फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार चीनको हुबेइ प्रान्तबाट फ्रान्स पुगेका  ८० वर्षीया एक वृद्धाको मृत्यु भएको हो। ती महिला १६ जनवरीमा फ्रान्स पुगेकी थिइन्। उनलाई २५ जनवरीमा अस्पताल भर्ना गरिएको थियो। 

अहिलेसम्मको तथ्यांकअनुसार कोरोनाबाट चीनमा मात्रै ६६ हजार ४ सय ९२ संक्रमित छन्। विश्वका अन्य २५ मुलुकमा ६ सय ५ जना संक्रमित भएको पाइएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *