कोरोना भाइरस संक्रमण : एक दिनमै १०३ जनाको मृत्यु, मृतककाे संख्या एक हजार नाघ्यो

माघ २८, एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट चीनको हुबे प्रान्तमा सोमबार मात्रै १ सय ३ जनाको मृत्यु भएको छ ।   

सो संक्रमणबाट एकैदिनमा मृत्यु हुने बिरामीको यो सर्वाधिक सङ्ख्या हो। यससँगै कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार नाघेको छ। 

यसैबीच चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही वरिष्ठ अधिकारीहरूलाई कारबाही गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीबाट हुबे स्वास्थ्य आयोगमा खटाइएका पार्टी सचिव तथा उक्त आयोगका प्रमुख घटुवामा परेका छन्। 

त्यसैगरी चन्दा हिनामिना गरेको आशङ्कामा स्थानीय रेडक्रसका सहायक निर्देशक पनि पदमुक्त भएका छन्। 

यसैबीच सोमवार एकैदिन १०३ जनाको मृत्यु भएपनि नयाँ सङ्क्रमणको सङ्ख्या भने घटेको छ । सो संक्रमणबाट  अघिल्लो दिनको भन्दा २० प्रतिशतले संक्रमितको घटेको बीबीसीले जनाएको छ ।   

हुबेको स्वास्थ्य आयोगले सोमवार उक्त प्रान्तमा २,०९७ जनामा नयाँ सङ्क्रमण भएको पुष्टि गरेको छ । अघिल्लो दिन २,६१८ जनामा नयाँ सङ्क्रमण भएको थियो। 

सो भाइरसबाट अहिलेसम्म ४२ हजार २ सय जना संक्रमित भएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *