आज फागुन ३ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग 

वि.सं. २०७६ फागुन ३। शनिबार। इ.स. २०२० फेब्रुवरी १५। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। सप्तमी, २२:२१ उप्रान्त अष्टमी। नक्षत्र– स्वाती, ११:३० बजेउप्रान्त विशाखा। योग– वृद्धि, १९:२१ बजेउप्रान्त ध्रुव। करण– भद्रा, ११:०० बजेदेखि वव, २२:०१ बजेउप्रान्त वालव। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– तुला, २८:३८ बजेउप्रान्त वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:४४ बजे, सूर्यास्त– १७:५३ बजे र दिनमान २७ घडी ४ पला। सर्वार्थसिद्धि योग ११:०० देखि ११:३० बजेसम्म। त्रिपुष्कर योग ११:३० देखि २२:०१ बजेसम्म। 

राशिफल 

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तको सहयोग प्राप्त हुनेछ । धार्मिक यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुचीपनि बढ्नेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ समाचार सुन्न पाईएला । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । ब्यापार ब्यबसायबाट आम्दानिपनि हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सानातिना समस्यामा अल्झिनुपर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटावपनि रहनसक्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा रहला । रोमाञ्चक यात्रापनि होला । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रुपनि क्षय होलान् । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा निरासा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ । कार्यमा बाधापनि आउनेछ । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनसक्छ । पारिवार सङ्ग रमाइलो भेटघाट र यात्रा हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।  

– ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *