नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनीको छैठौं संस्करण माघ २४ देखि हुने

माघ २१, काठमाडौं । नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनीको छैठौं संस्करण यहि माघ २४ गते देखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।  

  

मिडिया स्पेस सोलुसन र फुट्रेक्स ट्रेड फेयर एण्ड इभेन्टले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनीको छैठौं संस्करण माघ २४ गतेदेखि ३ दिन हुने भएको हो ।   

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनीको जानकारी दिँदै आयोजकले प्रदर्शनीमा विभिन्न देशका तीन सय बढि ख्याति प्राप्त ब्राण्डहरुको २ सय बढि स्टलहरु रहने बताएको छ ।   

नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनीमा निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण ब्यवसायसँग सम्बन्धित उत्पादनहरुको जानकारी गराउने तथा नयाँ प्रविधिहरुको बारेमा समेत जानकारी दिने गर्नेछन् ।   

पाँच वर्षदेखि नियमित रुपमा भइरहेको नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनीमा कन्ट्रक्सन मेटेरियल, कन्ट्रक्सन उपकरण, हेभी इक्युपमेन्ट, प्रिफ्याव स्ट्रक्चर, युपिभिसी झ्याल ढोका, कृषि औजार, वाथरुम फिटिङ, पाइप, टायल्स तथा सेनिटरी वायर, पावर टुल्स, कंक्रिट ब्लक मेसिन, आल्मुनियमका विभिन्न उत्पादकहरुको सहभागीता रहने बताइएको छ ।   

बालाजी सिमेन्ट इण्डष्ट्रिजको बाहुबली सिमेन्ट टाइटल स्पोन्सर रहेको प्रदर्शनीमा सोसाइटी अफ नेपलिज आर्किस्टिक (सोना) सोसाइटी अफ कन्सल्टिङ एग्रिकल्चरल एण्ड इन्जिनियरिङ फ्रिम्स तथा इन्टेरियर डिजाइनर्स एशोसिएशन अफ नेपालको समेत सहयोग रहेको छ ।   

प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, निर्माण क्षेत्रमा काम गरिरहेका व्यक्ति, आर्कीटेक्ट, इन्जिनियर्स, कन्ट्रयाक्टर्स, विल्डर्स तथा इन्टेरियर डिजायनर्सहरुको पनि सहभागीता रहने बताइएको छ ।   

तीन दिने प्रदर्शनीले नेपालको निर्माण क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउनु र नेपालमा रहेका सामग्री र उपकरणहरुलाई अन्तराष्ट्रिय बजारमा पुर्याउनु रहेको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =