कारमा आगलागी हुँदा जलेर चार जनाको मृत्यु

फागुन ७, काठमाडौं । कारमा आगलागी हुँदा अस्ट्रेलियामा चार जनाको मृत्यु भएको छ । क्याम्प हिलमा भएको आगलागीमा चार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । 

मृत्यु हुने मध्ये तीन जना १० वर्ष मुनिका बालबालिका छन् भने एक जना वयस्क पुरुष रहेको बताइएको छ । त्यस्तै कारमा रहेकी एक जना महिला शरीरका धेरै भाग जलेर घाइते भएकी छिन् । कारमा कसरी आगलागी भयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको अस्ट्रेलियाको प्रहरीले जनाएको छ । 

स्थानीय समय अनुसार बुधबार बिहान साढे ८ बजे आगलागी भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *