अष्ट्रेलियामा नेपाली विद्यार्थी अध्ययनरत कलेजको नवीकरण बन्द हुँदा विद्यार्थी समस्यामा

काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित नेपाली विद्यार्थी अध्ययनरत कलेजमा नवीकरणको समस्याका कारण कलेज बन्द हुने क्रम जारी छ ।  कलेज बन्द हुने र नविकरण नहुने समस्याले निरन्तरता पाउँदा नेपाली विद्यार्थी समस्यामा परेका हुन् ।   

सिड्नीमा ब्याचलर डिग्री अध्ययन गराउँंदै आएको एलाइट एजुकेशन इन्स्टिच्यूटको सरकारले नवीकरण नगरिदिएपछि कलेज बन्द हुने अवस्थामा पुगेको छ। करिव पाँच सय विद्यार्थी पढाउन अनुमति पाएको सो कलेजमा मेनेज्मेन्ट, एकाउन्टिङ, पब्लिक रिलेशन र कम्युनिकेशन विषयमा अध्ययन–अध्यापन गराइँदै आएको थियो । कलेजमा नेपाली र भारतीयलगायतका विद्यार्थीहरू अध्ययन गर्दै आएका थिए । 

एलाइट कलेजमा नेपाली विद्यार्थीहरू पनि अध्ययनरत रहेको जानकारी बाबा एजुकेशन कन्सल्टेन्सीका रविन्द्रकुमार शर्माले दिएका छन् । उनले भने– ‘हामीकहाँबाट गएका विद्यार्थीहरू त पासआउट त भइसके, अहिले कति नेपाली छात्रछात्रा त्यहाँ अध्ययन गरिरहेका छन् भन्ने हामी बुझ्दैछौँ ।’ 

null

गत वर्ष नै  ‘एलाइट’लाई अष्ट्रेलियन सरकारको ‘टेस्क्वा’ले केही शर्त राखेर निगरानी गरेको बुझिएको छ । त्यतिबेला नै सचेत गराउँदा कलेजले सरकारको प्रावधान एवम् निर्देशनलाई हेलचक्र्याइँ गरेकोले यो अवस्था निम्तिएको बाबा ऐजुकेशनका शर्माले बताएका छन् । 

अष्ट्रेलियन ऐजुकेसन कन्सल्टेन्सी एलायन्स (एक्का)का अध्यक्ष पीआर अधिकारीले कलेज बन्द भएपछि विद्यार्थीलाई पर्नसक्ने समस्याबारे बुझेर अगाडि बढ्ने बताएका छन् ।   

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका प्रवक्ता नन्द गुरूङले उच्च शिक्षा अध्ययन गर्न आएका विद्यार्थीहरूको समस्या समाधानका लागि एनआरएनए अष्ट्रेलियाको तर्फबाट हुने सहयोग र साथ हरदम रहने जानकारी दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *