नेपाल ल्याइएका १७५ जनामा कोरोनाको संक्रमण देखिएन, रिपोर्टको नतिजा सार्वजनिक गरिँदै

फागुन ७, काठमाडौं । चीनबाट उद्धार गरी भक्तपुरको खरीपाटीमा राखिएका सबै नेपालीमा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ । खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनाको परीक्षण गरिएका सबैको रिपोर्टको नतिजा नेगेटिभ देखिएको हो । 

नतिजा नेगेटिभ आएकाले उनीहरूमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण नभएको पाइएको छ । सबै १७५ जनाको ‘थ्रोट स्वाव’ तथा ‘नेजल स्वाव’ को नमूना संकलन गरिएको थियो । क्वारेन्टाइनमा १ सय ३५ पुरुष र ४० महिला छन् । 

रिपोर्टको सबै नतिजा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका रञ्जित शाहको नेतृत्वमा गएको टोलीले आइतबार नमुना संकलन गरेको थियो । प्रयोगशालाका निर्देशक डा. रुना झाका अनुसार संकलन गरिएको रिपोर्टको सबैको नतिजा आज सार्वजनिक गरिँदै छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *