ओस्कार २०२० : कोरियन फिल्म ‘प्यारसाइट’लाई उत्कृष्ट फिल्म अवार्ड

माघ २७, एजेन्सी । ओस्कार अवार्ड २०२० को उत्कृष्ट फिल्ममा कोरियन फिल्म ‘प्यारासाइट’ परेको छ ।  योसँगै कोरियन फिल्मले इतिहास रचेको छ । ओस्कारमा पहिलो पटक विदेशी भाषाको फिल्मले उत्कृष्ट फिल्म अवार्ड पाएको हो ।   

फिल्मका निर्देशक बोङ-जूनले उक्त पुरस्कार हात पारेका हुन् । पुरस्कारको घोषणापछि आफु निशब्द भएको जूनले बताएका छन् ।   

त्यस्तै अन्य प्रमुख विधामध्ये वाक्वीन फिनिक्सले फिल्म ‘जोकर’बाट उत्कृष्ट अभिनेताको पुरस्कार पाए भने, ‘जुडी’ फिल्मबाट रेनी जेलवेगर उत्कृष्ट अभिनेत्री भइन् । 

त्यस्तै सिनेमामा सबैभन्दा ठूलो सम्मान मानिने यस अवार्डबाट अभिनेता ब्रान्ड पिटले फिल्म ‘वन्स आपन अ टाइम’बाट उत्कृष्ट सहायक अभिनेताको पुरस्कार जितेका छन् । त्यस्तै ‘म्यारिज स्टोरी’ को लागि लारा डर्नलाई उत्कृष्ट सहायक अभिनेत्रीको पुरस्कार दिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *