पूजा र आकाशको ‘संझना विर्सना’ जेठमा प्रदर्शन हुँदै

फागुन २, काठमाडौँ । दर्शकले निकै रुचाईएको जोडी नायिका पूजा शर्मा र नायक  आकाश श्रेष्ठद्वारा अभिनित चलचित्र  ‘संझना विर्सना’को आगामी बर्षको जेठबाट प्रदर्शनमा आउने भएको छ ।   

निमेष प्रधानको निर्देशन  रहेको चलचित्र  ‘संझना विर्सना’  आगामी बर्षको जेठको २ गतेबाट देशभर प्रदर्शन आउन लागेकाे हाे ।  

चलचित्रको फस्टलुको पोस्टरमा नायक आकाश र  नायिका पूजालाई फिचर्ड गरिएको छ । पोष्टरमा घोडामा चढेकी पूजालाई आकाशले प्रेम भावले हेरेको देखिन्छ । 

चलचित्रमा आकाश र पूजासँगै छुल्ठिम गुरुङ, कलाकार शिशिर राणाको पनि मुख्य भूमिका रहेको छ ।   

आदित्य फिल्मस्को ब्यानरमा निर्माण  भएको यस चलचित्रमा आदित्य प्रधान र रेविका प्रधानको लगानी रहेको छ । चलचित्रलाई चलचित्रलाई शिव ढकालले छायाँकन गरेका हुन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =