प्रधानमन्त्री ओलीको ६९ औं जन्मदिन आज, ‘बर्थ डे’ मनाउन जन्मथलो जाँदै

फागुन ११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्म दिवस मनाउन तेह्रथुम जाने भएका छन् । आज प्रधानमन्त्री ओलीको ६९औं जन्म दिन हो । 

यसअगाडि काठमाडौंमै जन्म दिन मनाउँदै आएका थिए । तर, यसपटक पुर्खौली घर तेह्रथुमको आठराई गाउँपालिका-४ तीनसल्ले खानीगाउँ जाने भएका हुन् । २००८ साल फागुन ११ मा तेह्रथुमको साविक इवा गाविसको सल्ले (हाल अठराई गाउँपालिका-४) मा ओली जन्मिएका थिए । 

प्रधानमन्त्री ओली तीनसल्लेमै जन्मेका थिए भने बाल्यकाल पनि त्यही बितेको थियो । पछि झापा बसाइ झरेका ओलीको अहिले भने भक्तपुरमा बसोबास रहिआएको छ । ओलीले जन्मदिनमा त्यहाँका जेष्ठ नागरिकलाई सम्मान गर्ने र विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर खुसीयाली साट्ने योजना बनाएका छन् । 

आफ्नो जन्मदिन मनाउन इवा जान लागेका प्रधानमन्त्री ओलीले आफू जन्मिएको घरलाई दशैं अघि नै पुनर्निर्माण गर्न लगाएका थिए । जन्मदिनको अवसरमा जन्मस्थल पुग्न लागेका ओलीको घरमा तेह्रथुम जिल्ला पार्टी कमिटीले विशेष कार्यक्रमको आयोजना गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seventeen =