आइसीसी क्रिकेट लिग टू : ओमानविरुद्ध नेपालको पाँच विकेट

माघ २२, काठमाडौँ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तरगत एक दिवसीय खेलमा अहिले नेपाल र ओमान बीचको खेल जारी छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपाल अहिले फिल्डिङग गरिरहेको छ ।
खेलको २३ ओभर सकिँदा नेपालले पाँच विकेट लिएको छ । नेपालका लागि करण केसीले दुई सुशन भारीले दुई तथा अभिनाश बोहोराले एक विकेट लिएका छन् ।
एकदिवसीय मान्यता पाइसकेपछि नेपालले पहिलोपटक घरेलु मैदानमा सिरिज खेल्दैछ । नेपालले कीर्तिपुरमा ओमानसँग खेल्दै उक्त सिरिजको शुरुआत गरेको छ । यसैबाट सन् २०२३ मा हुने विश्वकपको यात्रा नेपालले थालनी गर्दैछ ।
ओमान सन् २०१२ पछि नेपाल खेल्न आएको छ । सन् २०१३ यता नेपालले उसलाई हराउन सकेको छैन । घरेलु मैदानको फाइदा लिँदै ओमानलाई हराउने दाउमा नेपाल रहेको छ । नेपालले शनिबार अर्को टोली अमेरिकासँग खेल्दैछ । अमेरिका सन् २०१० पछि नेपाल आएको हो ।








