महिलालाई राष्ट्रपति र सभामुख बनाउने नेकपा एउटा मात्रै पार्टी : प्रधानमन्त्री ओली

माघ २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई राष्ट्रपति र सभामुख बनाउने एक मात्रै पार्टी भएको बताएका छन् ।  

मंगलबार अखिल नेपाल महिला संघको केन्द्रीय समितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले महिलाको समतामूलक प्रतिनिधित्व पार्टीले गराएको भन्दै सो कुरा बताएका हुन् ।   

उनले महिलाहरुलाई समावेशीता होइन समानताको मुद्दा उठाउन आग्रह गरेका छन् । उनले  महिलाका सबै माग पार्टीभित्रैबाट पूरा हुने भन्दै ३३ प्रतिशत प्रतिनिधित्वको कुरा बाहिर गएर होइन पार्टीभित्रै छलफल गरेर पूरा हुने बताए ।   

null

‘हामीले ३३ प्रतिशत समावेशी प्रतिधित्वको कुरा होइन समानताको कुरा गरेका छौं उनले भने, कम्तीमा ५० प्रतिशत महिला नेतृत्वको कुरा गर्नुस, तपाईँहरुले समावेशी होइन समानताको मुद्दा उठाउनुस् सम्भव छ ।’ 

महासचिव विष्णु पौडेलले ४७५ सदस्यीय महिला संघ केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई सपथग्रहण गराएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − nine =