लागूऔषध सहित तीन प्रहरी नियन्त्रणमा
२०७६ फागुन १६ गते

फागुन १६, काठमाडौँ । गोप्य सूचनाको आधारमा प्रहरीले वीरगञ्ज–१६ शंकराचार्य गेटस्थित सडकबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
लागूऔषध गाँजसाहित प्रहरीले बिहार छपरा ग्राम महुली वडा नं.२ थाना तरैया बस्ने ३५ वर्षीय दिनेश सहनी, २७ वर्षीय मिथलेश सहनी र ३३ वर्षीय अजय सहनीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पैदल यात्रा गरी भारत जाँदै गरेका उनीहरुको साथबाट प्लाष्टिकमा पोका पारेर डोरीले पेटमा बाँधी राखेको अवस्थामा ६ किलो गाँजा बरामद गरिएको छ ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ ।
२०७६ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित








