कलंकीमा बस र स्कुल भ्यान ठोक्किँयो

माघ १९, काठमाडौँ । आइतबार कलंकीको अन्डरपास सडकमा एउटै दिशा (बालाजु) बाट आई रहेको स्कुल भ्यान र  बस ठोक्किँदा चारजना घाइते भएका छन् ।   

महानगरीय प्रहरी वृत्तका अनुसार कलंकीको अन्डरपास सडकमा चक्रपथ चल्ने ना५ख ११७२ नम्बरको सार्वजनिक बस र  बा११च ४५३७ नम्बरको स्कुल भ्यान एकआपसमा ठोक्किँदा उक्त दुर्घटना हुन पुगेको हो ।   

घाइते हुनेहरुमा एकजना स्कुले विद्यार्थी र तीनजना सार्वजनिक बसमा सवार यात्रु रहेको प्रहरीले जनाएको छ ।   

Image result for बस र  भ्यान ठोक्कियो

घाइतेहरुको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार  भईरहेको महानगरीय प्रहरी वृत्त, कालीमाटीका प्रमुख डीएसपी रुगम कुँवरले बताए ।  उनका अनुसार  बुढानिलकण्ठ यातायातको बसले चिन्ड्रेन मन्टेश्वरीको स्कुल भ्यानलाई ओभरटेक गर्ने क्रममा  उक्त दुर्घटना हुन पुगेको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 11 =