जेलबाट छुट्दा…

फागुन ५, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा अदालतबाट सफाइ पाए लगत्तै भव्य स्वागतका साथ जेलबाट बाहिरिएका छन् ।   

१३३ दिन जेल बसेका महरा सोमबार जिल्ला अदालत काठमाडौंले निर्दोष ठहर गरेपछि जेलबाट छुटेका छन् ।   

उनको स्वागतमा आफन्त, सुभचिन्तक तथा नेकपाका कार्यकर्ताहरु डिल्लीबजार कारागार अगाडि उपस्थित थिए ।   

  

बलात्कार प्रयास गरेको आरोप महरा असोज १९ गते पक्राउ परेका थिए। यसअघि पुस ३ गते उनलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतले सदर गरेको थियो । तर, उच्च अदालतले एक महिनाभित्र मुद्दाको टुंगो लगाउन जिल्लालाई निर्देशनात्मक आदेशसमेत दिएको थियो। 

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो। महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो । 

पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत पुगेका थिए ।   

जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राख्नेगरी भएको आदेश कानुन विपरित भन्दै महराले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =