टिकटकको चक्करमा खसे युवक ट्रेनबाट, शेयर गरे मन्त्रीले उनको भिडियोलाई
२०७६ फागुन ८ गते

फागुन ८, काठमाडौँ । भारतमा गुडिरहेको ट्रेनमा टिकटक बनाउँने हुँदा एक युवक ट्रेनबाटै खसेका छन् । उनको टाउँको पटरीमा परेका कारण उनी बाच्न भने सफल भएका छन् ।
उनको यस भिडियोलाई भारतका रेल मन्त्री पियुष गोयलले सामाजिक संजाल मार्फत सेयर गरेका छन् ।
चलिरहेको ट्रेनमा यस्तो काम गर्नु बहादुरी हैन, मुर्खता हो भन्दै मन्त्री पियुषले सामाजिक संजाल ट्वीटर मार्फत शेयर गर्दै लेखेका छन् । चलती ट्रेन में स्टंट दिखाना बहादुरी नही, मूर्खता की निशानी है। आपका जीवन अमूल्य है, इसे खतरे में ना डालें। नियमों का पालन करें, और सुरक्षित यात्रा का आनंद लें।

उनले सेयर गरेको उक्त भिडियोमा एक युवक तिब्र गतिमा गुडिरहेको ट्रेनबाट लडेको देख्न सकिन्छ।
२०७६ फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित








