वीपी प्रतिष्ठानको उपकुलपतिमा तीनजनाको नाम सिफारिस
२०७६ माघ २१ गते

माघ २१, विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि तीनजनाको नाम सिफारिस गरिएको छ ।
धरानस्थित प्रतिष्ठानको उपकुलपति पदका लागि १६ जनाले दरखास्त दिएका मध्ये सर्ट लिष्टमा तीनजनाको नाम सिफारिस भएको हो ।
उक्त सिफारिसमा प्रतिष्ठानका कार्यबहाक उपकुलपति डा. गुरु खनाल, सोही प्रतिष्ठानमा कार्यरत डा. सञ्जिव शर्मा र विराट मेडिकल कलेजका डा. ज्ञानेन्द्र गिरीको नाम परेको हो ।

२०७६ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित








