परेवाकोट पर्यटन महोत्सव फागुन २१ गतेदेखी

फागुन ५, चितवन ।  चितवनको पर्यटकीय संभावना वोकेको परेवाकोटको विकासका लागि महोत्सव आयोजना गरिने भएको छ ।   

परेवाश्वरी सामुदायिक वन उपभोक्ता समुह,लोथर मध्यवर्ती उपभोक्ता समिति,युवा जागृती क्लव लोथर र बुलबुल इन्टरटेन्टमेन्ट एण्ड मिडिया प्रालिको सयुक्त आयोजनामा प्रथम परेवाकोट पर्यटन महोत्सव हुन लागेको हो ।   

महोत्सव मुल समारोह समितिले सोमवार पत्रकार सम्मेलनको आयोजना गरि यही फागुन २१ गतेदेखी चैत १ गते सम्म महोत्सव गर्न लागेको जनाएको छ ।   

भ्रमण वर्षलाई केन्द्रित गर्दै समग्र नगरको पर्यटन, आर्थिक, सामाजिक विकासमा सहयोग गर्ने, परेवाकोट लगायत नगरको पर्यटकीय स्थलहरु कामिनचुली, नागदह, भास्माणी ताल लगायतलाई समेत परिचित गराउने महोत्सवको उदेश्य रहेको मुल समारोह समिति संयोजक सानुबाबु वर्तौलाले वताए ।   

महोत्सवमा गिठ्ठाको प्रवद्र्धनका लागि गिठ्ठाको मःम र लोपोन्मुख सिस्नुको विषेश परिकार, युवा वैज्ञानिक सरोज प्रजाले आविस्कार गरेको कार तथा प्यारामोटरको प्रर्दशनी, परेवाकोटमा जीप सफारी, घोडा सयर र आकर्षक सेल्फी खिच्ने अवसर प्रमुख आकर्षणको रुपमा रहने उनले बताए ।   

करिव १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको सो महोत्सवबाट ७० लाख आम्दानी हुने र ५० लाख खर्च हुने अनुमान गरिएको आयोजक संस्था बुलबुल इन्टरटेन्टमेन्ड एण्ड मिडिया प्रालिका अध्यक्ष एवंम् स्टेरिङ कमिटि सदस्य ज्ञानेन्द्र तामाङले बताए ।   

पत्रकार सम्मेलनमा राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामा, राप्ती १ का वडाध्यक्ष सिद्धीलाल स्यानतान,लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानवहादुर स्याङ्वोले ओझेलमा परेको परेवाकोटलाई प्रचार प्रसार गर्न महोत्सवले टेवा पुर्याउने विश्वास व्यक्त गरे ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *