कोरोनाबाट एकैदिन सयको मृत्यु, मृत्यु हुनेको संख्या १७ सय नाघ्यो

फागुन ५, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट चीनको हुबेई प्रान्तमा आइतबार थप सय जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय नाघेको छ । हुबेईमा मात्र कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ६ सय ९६ पुगेको हो ।   

पछिल्लो २४ घण्टामा थप एक सय जनाको मृत्यु भएसँगै चीनमा १७ सय ६५ र चीन बाहिरका चार देशमा एक-एक जना गरी १७ सय ६९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । गएको २४ घण्टामा कोभिड १९ का २ हजार ४८ नयाँ बिरामी भेटिएका छन् । कोरोनाको उत्पत्तिस्थल हुबेईमा हालसम्म सङ्क्रमितको सङ्ख्या ५८ हजार १ सय ८२ पुगेको छ । विश्वभर गरेर यो सङ्ख्या ७१ हजार २ सय ४ पुगेको छ । 

४० जना अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जापानमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका ४ सय अमेरिकीमध्ये ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उक्त भाइरस नियन्त्रणका लागि प्रयास गरिरहेको भए पनि हालसम्म सफल हुन सकेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *