आज ‘भ्यालेन्टाइन डे’, यसरी यादगार बनाउनुहोस्

फागुन २ । आज भ्यालेन्टाइन डे का दिन आफ्नो सम्बन्धलाई थप मजबुत बनाउन हर कोही जोडी चाहन्छन् । विवाहित हुन् वा अविवाहित हुन् सबैले भ्यालेन्टाइन डे का दिन आफ्नो सम्बन्धलाई थप मजबुत बनाउन एक अर्कालाई सरप्राइज दिने, उपहार दिने लगायतका काम गर्ने गर्छन् । भ्यालेन्टाइन डेका दिनलाई मनोरञ्जनपूर्वक र यादगार बनाउनका लागि केही उपायहरू यस्ता छन्‘
– आफ्नो पार्टनरलाई आफ्नो जीवनमा उनको महत्व कति महत्वपूर्ण छ र अहिलेसम्म उनको सहयोग र समझदारीका लागि उनलाई धन्यवाद दिने । यो आफ्नो पार्टनरलाई दिने अन्य गिफ्ट भन्दा महत्वपूर्ण हुन सक्छ ।
– पार्टनरको साथमा कुनै एडभेन्चर ट्रीपको योजना बनाउने । यसले दुई जनाको दैनिक जीवनभन्दा केही फरक र खतरानाक हुनेछ । साथै एक अर्कासँग धेरै साथ रहने समय पनि मिल्नेछ । आफ्नो पुरानो र राम्रा सम्झनालाई ताजा गरेर रमाइलो गर्ने ।

– राती घरमा क्याण्डल डिनर गर्ने उपाय पनि राम्रो हुन सक्छ । यस क्रममा आफ्नो पार्टनरसँग लामो समयसम्म एक(अर्कासँग कुरा गर्न सकिनेछ । पार्टनरका लागि उसको स्पेशल खाना तयार गरेर अचम्मित पार्दै ऊ प्रतिको प्रेम देखाउँछ । डिनरलाई केही रोमान्टिकक बनाउनका लागि ड्रिंक्स गर्नु पनि राम्रो उपाय हुन सक्छ ।
– पार्टनरलाई १२ वटा गुलाबको एक बुके दिने र हरेक दिनको साथमा एक लेखिएको नोट दिने, जसमा आफ्नो भविष्यका योजनाहरूबारे लेख्ने । यसले पार्टनरलाई खुसी मिल्छ की आफ्नो पार्टनर भविष्यका लागि कति चिन्तित छ र आफ्नो लागि जीवन राम्रो गर्नका लागि योजना बनाइरहेको छ ।
– पार्टनरसँग त्यो रेष्टुरेन्ट जाने जहाँ तपाई दुई जना पहिलो पटक भेट्नु भएको थियो । लन्च या डिनरपछि त्यहाँ बिताएका हरेक पल एकअर्कालाई शेयर गर्ने । तर, ती पलहरूलाई हातले लेखेर बताउने र पछि त्यो लेखेको कुराहरू साटासाट गर्ने र हेर्ने की दुई जनाले लेखेका कुराहरू कति मिल्दाजुल्दा छन् ।
– पार्टनरको खुबीलाई प्रशंसा गर्दै कुनै कविता वा सायरी लेखेर त्यसलाई फ्रेम बनाएर राख्ने । केही पटक बोलेर भन्दा लेखेर बयान गरिएको शब्द धेरै इफेक्टिभ हुन्छ ।
– विभिन्न प्रकारका खानालाई प्रेमको संकेत गर्ने आकारमा तयार गर्ने । जस्तो किन गेडागुडीबाट आइ लभ यु लेख्ने, गोलभेँडाबाट गुलाबको फूल बनाएर र मुटुको आकारको केके बनाउने । एक साथ यी सबैलाई नदेखाएर एक पछि एक परिकार दिएर अचम्मित पार्ने ।
– अफिस पुगेर मिल्छ भने फूलको गुच्छा पठाएर उनलाई आफ्नो प्रेम व्यक्त गर्ने । यो उनको लागि सबैभन्दा ठूलो सरप्राइज हुन सक्छ ।
– लामो समयदेखी सम्बन्धमा रहेको अवस्थामा आफ्नो भेलेन्टाइन डे लाई खास बनाउनका लागि केहीबेर उनीसँग बिताउने । उनलाई उपहार पठाउनुका साथै उनलाई मिसिङ नोट पठाउने ।
– विवाहदेखि लिएर हनीमून र त्यसपछिको राम्रो यादलाई एक एल्बमको रूपमा सजाउने प्रयास गर्ने । यस एल्बमलाई खास बनाउनका लागि त्यसमा हातले उक्त नोट लेख्ने । हरेक पल बिताएको यी पुराना यादहरूलाई ताजा गरेर आफ्नो यो दिन खास बन्ने छ ।
– आफ्नो बेडरूमलाई खास तरिकाले डेकोरेट गर्ने । फूल, चकलेट, नरम खेलौना, लव नोट जस्ता चीज पार्टनरलाई खुसी बनाउनुका साथै सधैका लागि सम्झन लायक पल बनाउन मद्दत गर्छ । एजेन्सी








