बलात्कारको आरोपमा पक्राउ परे पूर्वअसई
मकालु खबर
२०७६ फागुन १२ गते
फागुन १२, काठमाडौँ । बलात्कारको आरोपमा नेपाल प्रहरीका पूर्वअसई राजेन्द्र राई पक्राउ परेका छन् ।
बलात्कारको आरोप लागेपछी फागुन १ गते राजीनामा दिएका राईमाथी आफ्नै सहकर्मीलाई बलात्कार गरेको आरोप लागेको हो ।
एक महिला प्रहरीले ९ महिनाअघि आफू बलात्कृत भएको भन्दै राई बिरुद्ध महिला तथा बालबालिका सेल, कालीमाटीमा उजुरी दिएपछी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राईलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गराइ अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिएका छन् ।
मकालु खबर
२०७६ फागुन १२ गते
प्रतिक्रिया