पूर्व सभामुख महरालाई भेट्न कारागार पुगे पूर्व प्रधानमन्त्री डा. भट्टराई
२०७६ माघ २० गते

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पूर्व सभामुख कृष्ण बहादुर महरालाई भेटेका छन् । उनले डिल्ली बजार कारागारमा रहेका महरालाई सोमबार दिउँसो भेटेका हुन् ।
कारागार स्रोतका अनुसार जबरजस्ती करणी सम्बन्धी कसूरमा कारागार चलान भएपछि महरालाई भेट्ने डा. बाबुराम भट्टराई पहिलो उच्च तहको राजनीतिज्ञ हुन् ।
उनले महरासँग करिब एक घण्टा कुराकानी गरेको कारागार स्रोतले जनाएको छ ।
null
संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेको थियो । महिलाको किटानी जाहेरीपछि असोज १९ मा उनी बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका थिए ।
२०७६ माघ २० गते
प्रतिक्रिया
सम्बन्धित








