कोरोना भाइरस : हङ्कङमा चार दिनदेखि क्रुजमा फसेका सयौं यात्रु परिक्षणपछि निस्किए बाहिर
२०७६ माघ २७ गते

माघ २७, एजेन्सी । कोरोना भायरस संक्रमणको आशंकामा हङ्कङमा चार दिनदेखि एउटा पानीजहाजमा फसेका सयौँ मानिसहरूलाई परीक्षणपछि त्यहाँबाट बाहिर निकालिएको छ ।
अघिल्लो यात्राका क्रममा केही कर्मचारीहरूमार्फत् भाइरस उक्त पानीजहाजमा फैलिएको हुन सक्ने आशङ्कामाझ वर्ल्ड ड्रीम क्रूजका झन्डै ३,६०० सय यात्रु र चालकदललाई निगरानीमा राखिएको थियो।
जापानमा अर्को पानीजहाजमा कोरोना भाइरसबाट दर्जनौँ मानिस सङ्क्रमित भएको पुष्टि भएपछि निगरानीमा राखिएको छ।

चीनमा देखा परेको उक्त भाइरसको प्रकोपका कारण अहिलेसम्म ९०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
२०७६ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित








