तीस लाख चोरेको आरोपमा पसलका एक कर्मचारी पक्राउ

फागुन ११, काठमाडौं ।  तीस लाख चारेको आरोपमा ललितपुरको एक पसलमा काम गर्ने कर्मचारी पक्राउ परेका छन् । ललितपुर -४ को  जावलाखेरस्थित पशुपति भिभान्ता नामक जुस  स्टोरमा काम गर्ने कर्मचारी पक्राउ परेका हुन् ।   

काठमाडौंको कलंकीबाट खगेन्द्रकुमार थापालाई पक्राउ गरेको हो । उनको डेराबाट २० लाख ५० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।   

प्रहरीले घटनास्थलमा प्रयोग भएको छाता, मोबाइल, ज्याकेट लगायत पनि बरामद गरेको छ । 

फागुन ९ मा पसलबाट ३० लाख रुपैयाँ र केही जिन्सी धनमाल हराएको भन्दै प्रहरीमा उजुरी परेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 20 =