बिवाहको समय नजिकिँदै गर्दा प्रियंका र आयुष्मानले किने नयाँ घर

फागुन १, काठमाडौँ । फागुन १७ गते बिवाह गर्ने भनिएका नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीले नयाँ घर किनेको खबर सार्वजनिक भएको छ ।   

बुधवार आफू अभिनित चलचित्र  ‘लक्का जवान’को ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक कार्यक्रममा पुगेकी प्रियंकाले यो खबर आफै सार्वजनिक गरेकी हुन् । 

आमा र परिवारका केही सदस्यका साथ उक्त कार्यक्रमा  पुगेकी प्रिंकाले  आयुष्मानसँग मिलेर नयाँ घर किनेको जानकारी गराएकी थिइन् ।  विवाह पछि प्रियंका आयुष्मानसँगै उक्त नयाँ घरमा बस्ने छिन् ।  घर कुन ठाउँमा र कस्तो किनेको यसबारेमा भने उनी बोल्न चाहिनन् ।   

Image result for pyanka with ayushman

बिवाहको चटारोको कारण अहिले कुनैपनी चलचित्रमा  काम नगरेकी प्रियंकाको फागुन १५ गते नै पनि  बिवाह हुनसक्ने उनका आफन्तजनले बताएका छन् । जनका कारण अहिले   प्रियंका ज्योतिष समेत देखाउँदै हिँड्दै छिन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *