‘फिटनेस क्रेज पनि एक खतरा हो !’

फागुन ४, काठमाडौं । इन्स्टाग्राममा यस्ता धेरै प्रयोगकर्ता छन्, जसबाट लाखौँ मानिसहरु प्रभावित छन् । ती मानिसहरु दैनिक नयाँ स्वास्थ्य टिप्स दिन्छन् र मानिसहरुलाई कसरत गर्न सिकाउँछन् ।  

उनीहरु जस्तो बन्न र देखिनका लागि धेरै मानिसहरु पसिना बगाउँछन् र सामाजिक सञ्जालमा आफ्नो तस्वीर शेयर गर्छन् ।  

इन्स्टाग्रामका प्रभावशाली हस्तिहरु र उनका लाखौँ फलोअर्स उक्त ह्यासट्यागको एक करोड ८० लाख पटक प्रयोग गरिसकेका छन् । फिट रहनका लागि शारीरिक कसरत र सन्तुलित भोजन दुवैको महत्व हुन्छ तर फिटनेसका क्रेजमा जो मानिसहरु आफूलाई भोकै राख्छन् उनीहरु ठुलो समस्यामा पर्न सक्छन् ।  

Image result for फिटनेस

सुन्दर मांसपेशी र एब्सका लागि कम क्यालोरी भएको खाना र ज्यादा खाना बार्ने क्रेज एक बिमारी हो । यस बिमारीलार्य आर्थेरिक्सिया नर्वोसा भनिन्छ । इन्स्टाग्राममा ….व्याकुल व्यक्तिहरु यसको लक्षण प्रमुख रुपमा देखिन्छ ।  

अर्थोरेक्सिया नर्भोसाको उपचार गरिएन भने यसले कुपोषण र मानसिक स्वास्थ्यमा जटिलता पैदा गर्न सक्छ । यस बिमारीबाट पीडित व्यक्ति जुनूनी व्यवहासरका शिकार हुन्छन् र उसको जीवनको गुणस्तर घट्न थाल्छ । एक पटक यो रोगले समाएपछि निको हुन लामो समय लाग्छ र पूर्ण रुपमा निको नभएसम्म स्वास्थ्य बिग्रने खतरा हुन्छ ।  

२०१७ मा यूनिभर्सिटी कलेज लण्डनका वैज्ञानिकको अनुसन्धानमा पाइयो कि जो मानिसहरु इन्स्टाग्राममा ज्यादा एक्टिभ रहन्छन्, उनीहरुमा अर्थोरेक्सिया हुने खतरा ज्यादा हुन्छ ।  

सामाजिक सञ्जालका अन्य कुनै प्लाटफर्मसँग यसको सम्बन्धको कुनै प्रमाण फेला परेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *