‘सञ्चारमन्त्रीको राजीनामा नै उन्मुक्तिको बाटो नबनोस’

फागुन ९, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोडको मोलमोलाई गरेको डेढ महिना अघि नै प्रधानमन्त्रीले थापा पाएपनि मौन रहनुको रहस्य रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै डा. कोइरालाले ‘भ्रष्टचारमा शुन्य सहनशिलता’ प्रधानमन्त्रीको पछिल्लो कथनको चार दिनमै आएको टेपरेकर्डले हल्लिएको समेत जिकिर गरेका छन् । उनले डेढ महिना पहिले नै प्रमले उक्त टेप सुनिसक्दा पनी अहिले सम्म मौन रहनु पछाडीको रहस्य के हो ? भनि प्रश्न उठाएका छन् ।
साथै डा. कोइरालाले सञ्चारमन्त्रीको राजीनामा नै उन्मुक्तिको बाटो बन्न नहुने प्रष्ट पारेका छन् । ‘भ्रष्टचारमा शुन्य सहनशिलता’ प्रधानमन्त्रीको पछिल्लो कथनको चार दिनमै आएको टेपरेकर्डले हल्लिएको छ । डेढ महिना पहिले नै प्रमज्युले उक्त टेप सुनिसक्दा पनी अहिलेसम्म मौन रहनु पछाडीको रहस्य के हो ? राजीनामा नै उन्मुक्तिको बाटो नबनोस ।’ डा. कोइरालाले लेखेका छन् ।

सरकारमा प्रवक्ता तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेससँग सम्बन्धित प्रतिनिधि विजय मिश्रसँग गरेको कुराकानीको अडियो टेप सार्वजनिक भएपछि प्रधानमन्त्रीको समेत चौतर्फी आलोचना भइरहेको छ ।
सामाजिक सञ्जालदेखि बौद्धिक बर्गले समेत ओली भ्रष्टाचारीहरुबाट घेरिएको भन्दै आलोचना गर्न थालेका छन् । धेरैले सञ्चार तथा सुचना प्रविधिमन्त्री बाँस्कोटाले मन्त्री पदबाट राजिनामा दिएर मात्रै उन्मुक्ति नपाउने भन्दै उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने बताइरहेका छन् ।








