अफगानिस्तानमा १३ तालिवान लडाकुको मृत्यु
२०७६ माघ २१ गते

माघ २१, काठमाडौँ । सोमबार राती अफगानिस्तानको उत्तरी जवाज्वान प्रान्तमा सुरुङ बिस्फोट हुँदा १३ तालिवान लडाकुको मृत्यु भएको छ ।
प्रान्तीय सरकारका प्रवक्ता अब्दुल मारुफ अजरका अनुसार सरकार समर्थित आदिवासी लडाकू समूह चढेको सवारी साधनलाई लक्षित गरी जवाज्वान–सारी पुल सडकमा बारुदी सुरुङ बिछ्याएर बिस्फोट गराउँदा उक्त १३ तालिवान लडाकु लडाकुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सरकार समर्थित एक जना स्थानीय नेता, उनका एक जना सहयोगी सहित ११ जना विद्रोही तालिबान लडाकू रहेका छन् ।

२०७६ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित








