बंगाली नायक तथा पूर्व सांसद तापसको निधन

फागुन ६, काठमाडौँ । मंगलबार  बंगाली नायक तथा तृणमूल कांग्रेसका पूर्व सांसद तापस पालको निधन भएको छ ।   

भारतीय संचार माध्यमका अनुसार  आफ्नो छोरीलाई भेट्न  मुम्बई पुगेका तापस  कोलकाता फर्किने क्रममा निधन भएको हो ।   

आज बिहानको  ४ बजे निधन  भएका तापस  हृदयघातका कारण निधन भएको बताईएको छ । फर्कने क्रममा  एयरपोर्टमा उनले छाती दुख्यो भनेपछी उनलाई  जुहूको अस्पताल पुर्याउँदा उपचारको क्रममा उनको निधन भएको हो ।   

पश्चिम बंगालको चन्द्रनगरमा जन्मिएका तापसले   सन् १९८४ मा रिलिज भएको हिरेन नागद्वार निर्देशित  फिल्म अबोधबाट माधुरी दीक्षितको हिरो भएर काम गरेका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *