कोरोना भाइरस : मृत्युु हुनेको संख्या ३ सय ६२ पुग्यो

माघ २०, काठमाडौं । अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय ६२ पुगेको छ। चीनमा मात्रै ३६१ जनाको मृत्यु भएको हो। फिलिपिन्समा एक व्यक्तिको मृत्यु भएको हो। 

सोमबार बिहानसम्मको तथ्यांक अनुसार कोरोनाको संक्रमण १७ हजार ३ सय ८४ जनामा देखिएको छ। जसमध्ये चीनमा मात्रै १७ हजार २ सय ५ बिरामी छन्। 

चीनबाहेक कोरोना २६ राष्ट्रमा फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाको महामारीलाई मध्नजर गर्दै सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ। 

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलन सुरु भएको उक्त भाइरस विश्वभर फैलन सुरु भएपछि चीनबाट आफ्ना देशका नागरिकलाई फिर्ता गर्न विभिन्न देशले पहल कदमी सुरुवात गरेका छन्। 

अमेरिका र अस्ट्रेलियाले चिनियाँ नागरिकलाई तत्कालका लागि आफ्नो देशमा आउन प्रतिबन्ध लगाएको छ। यस्तै हालै चीन भ्रमण गरेको विदेशी नागरिकलाई पनि उनीहरुले भिसा नदिने बताएका छन्। एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *