कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

फागुन ७, एजेनसी । चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ भने, ७५ हजार संक्रमित भएका छन् ।   

मंगलबारमात्रै सो भाइरसको संक्रमणबाट १ सय ३६ जनको ज्यान गएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। 

कोरोना भाइरस संक्रमणका कारण वुहानको एक अस्पतालका प्रमुखकै मृत्यु भएको छ। 

उपचारका क्रममा वुहानस्थित वुछाङ अस्पतालका निर्देशक लिउ चमिङको मंगलबार मृत्यु भएको हो । उनी कोरोना संक्रमणबाट ज्यान गुमाउने अहिलेसम्मकै सबैभन्दा बरिष्ठ चिकित्सक हुन्। 

योसँगै कोरोना संक्रमणको कारण चीनमा मृत्यु हुने डाक्टरको संख्या सात पुगेको छ। 

बुधबार बिहानसम्म विश्वभर ७५ हजारभन्दा बढी संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। अहिलेसम्म चीनमा कोरोना संक्रमितको संख्या ७४ हजार एक सय ८५ पुगेको छ। 

कोरोना भाइरसका कारण चीनमा मात्रै दुई हजार ४ जनाको मृत्यु भएको पुष्टी चिनियाँ अधिकारीले गरेका हुन्। यो भाइरसले फिलिपिन्स, ताइवान, हङकङ, जापान र फ्रान्समा एक–एक जना गरी ५ जनाको मृत्यु भएको पुष्टि भएको छ। 

मंगलबार मात्रै चीनमा थप एक हजार ७ सय ४९ जनामा भाइरस संक्रमण देखिएको छ। विश्वका २८ मुलुकमा एक हजारभन्दा कोरोनाबाट संक्रमित पाइएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *