कोरोना भाइरसका कारण चीनमा विवाह स्थगित हुँदा चौतर्फी प्रशंसा

माघ २०, काठमाडाैँ ।  दक्षिणपश्चिम चीनको गुइजाव प्रान्तस्थित वुचुवाई काउन्टी, जुन्यी सिटीका करिब एक हजार जोडीले आफ्नो विवाह स्वतःस्फूर्त रुपमा स्थगित गरेका छन् । उनीहरुको यस्तो कदमले चौतर्फी प्रशंसा बटुलेको छ । 

स्थानीय स्वास्थ्य संस्थाका डाक्टर लिउ सावती तीमध्ये एक हुन् । मानिस–मानिसबीच पनि कोरोना भाइरल सर्न थालेपछि लिउ र उनकी नर्स प्रेमिकाले आफ्नो विवाह स्थगीत गर्ने निर्णय गरेका हुन् । 

‘विवाह भनेपछि भीड भइहाल्छ । रोगलाई भीडमाझ फैलनबाट जोगाउन र यसमाथि नियन्त्रण पाउनका लागि मैले मेरी प्रेमिकासँग सल्लाह गरेर विवाह स्थगीत गर्ने निर्णय गरेँ,’ लिउले भने । ‘विवाहको नाममा मेरो परिवार र साथीभाइको स्वास्थ्यलाई जोखिममा पार्न सक्दिनँ ।’ 

Related image

विवाहमा आमन्त्रित पाहुनालाई यसबारे जानकारी दिएर लिउ आफ्नो काममा फर्किएका छन् । उनले आफ्ना साथीहरुसँग मिलेर कोरोनाको कहरसँग लड्न स्थानीय गाउँलेको तापक्रम नाप्ने, बुहानबाट आएका पर्यटकबारे जानकारी लिनेलगायतका काम गर्दै आएका छन् । 

यसका साथै चाङ्गजियाओका स्थानीय झु ताओले चिनियाँ नयाँ वर्षको चौथो दिनका लागि निश्चित विवाह स्थगीत गरेका छन् । विवाहमा उपस्थित मानिसबीच रोग फैलने सक्ने खतरा देखेर झुले आफ्नी प्रेमिकासँग सल्लाह गरेर विवाह स्थगीत गरेको बताए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *